भजन गाउने ओठ भन्दा सेवा गर्ने हात महान हुन्छन् ! आदरणीय दर्शक बृन नमस्कार ! आज हामी काठमाडौं भन्दा टाढा धादिंग सम्म पुगेर भिडियो बनाएको छौ !

विशेष कलाकारिता क्षेत्रमा लाग्नु कलाकार शशिकला राईको जन्म दिनको अवसर मा उहा कै पहलमा हामी काठमाडौं बाट धादिङ चरौदिमा रहनु भएको ८० वर्षीय शुक्र बहादुर चेपाङ बुबा लाई भेट्न निस्केको हौ ! शशी कला उमेर ले सानो भएता पनि कलाकारिता क्षेत्रमा निकै अब्बल हुनुहुन्छ त्यसो त सामाजिक सेवा पनि उत्तिकै चासो राख्नु हुन्छ !

हामी त्यहाँ पुग्दा शुक्र बहादुर चेपांगको शरीरमा ढाक्ने कपडा सम्म थिएन, कलाकार शशिकला आफैले बुबा सुक्रबहादुर चेपांग र छोरा दुवै लाई कपडा लगाई दिए,
अपाङ्ग छोरा बोल्दै चाहेको हुन सक्छ रत् हामी पुग्न साथै हर्षित हुदै हाम्रो छेउ आईपुगे बिडम्बना बोल्न निमित्त भगवान ले आवाज नै दिएनन,

बास बस्न तुईन को जिप् मुनि असरल्ल कपडा हरु थिए , नधोईएको फोहोर च्यातिएको अनि खानुको लागी एउटा मात्र भाडा खाना , झिगाहरु भंकिरहेका थिए, म रिपोरिंग गर्ने मान्छे कै मन कट्टक्क खायो, मन भारी भयो ! झन् बहिनि शशिकला उसै त भावुक मान्छे उनको त्यो पिडा महसुस मात्र गरिरहेको थिए !

बर्सौ देखि तुइन तान्दा तान्दा मेरो औलाहरु सबै बांगियो बाबु भन्दै देखाउदै थिए शुक्र बहादुर चेपाङ, तुईन तानेको कमाईले अपाङ्ग छोरा पाल्दै आएका चेपांग आफ्नो मृत्यु पछी छोरा को हेरचाह कसले गर्ने भन्दै भक्कानिए !

श्रीमती छोडेको र अर्को सन्तान पनि रहेको तर उनले कहिले नहेरेको गुनासो सम्म हामी संग पोख्न भ्याए, हाल बिभिन्न सहयोगी व्यक्तिहरुको सहयोगमा घर बन्दै गरेको चेपांग छेउ मै निर्माणाधीन पुल बने सके पछी आफ्नो काम टुट्ने चिन्ता व्यक्त गर्छन् !

पिडा पोख्दा पोख्दै को उनको यो हासो ले भने हामी लाई पनि कम्ता राहत महसुस भएन ,

पुरा भिडियो हेर्नुहोस :

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here