मकवानपुर- संघीय समाजवादी फोरम नेपाल मकवानपुर जिल्ला समन्वय समिति अध्यक्षमा शुभरत्न गोले चयन भएका छन् । समितिकाे शनिबार भएको अधिवेशनले गोलेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नवराज मोक्तान र कुसुम बानियाँ, सचिवमा सुबोध घलान, सह-सतिवमा सुवास घिसिङ, कोषाध्यक्षमा देवराज स्याङ्तान चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा सुसान्त श्रेष्ठ, बाबुलाल घलान, हरीबहादुर रुम्बा, गंगाराम थिङ, राजन गोले, सुमित्रा बल, विरेन्द्र गाले, राजकुमारी तामाङ, मोहन थिङ, कमानसिंह गाले, स्याम परियार, ईन्द्र सुनारी मगर, देवराज घिमिरे, धनबहादुर डिम्डुङ र कपुर सुनारलाई चयन गरेको हो ।

पार्टीको केन्द्रीय सदस्य प्रदेश नं ३ का उपाध्यक्ष विदुर बज्राचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्णकुमार घलान लगाएतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here