जनकपुर– गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ ले आफ्नाे छुट्टै सिडिओ (प्रमुख जिल्ला अधिकारी) राख्न नपाउने बताएका छन् । प्रदेश नं २ ले आफ्नाे छुट्टै सिडिओ राख्न खोज्नु संविधानविपरीत रहेको उनले बताए ।

प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठिमा भाग लिन जनकपुर आएका गृहमन्त्री थापाले शनिबार पत्रकारहरुसँग उक्त कुरा बताएका हुन् ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिडियोहरुले आफ्नाे निर्णय कार्यान्वयन गर्न सहयोग नगरेको बताउदै आएका छन् ।

उता प्रदेश नं १ का सिडियोहरुले पनि प्रदेश सरकारको निर्णय उल्लंघन गरेका थिए । प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदालाई सिडियोहरुले उल्लंघन गरेका थिए ।
मुलुकले संघीय, प्रदेश र स्थानीय तह गरी तिन तहको संघीय संरचना अपनाएको भए पनि जिल्लामा अधिकारसम्पन्न सिडियोहरु राख्नाले हाल विवाद सिर्जना भएको हो ।
विगतमा संघीय संरचनामाथि छलफल हुँदा जिल्लाहरुको संरचना राख्न नहुनेतर्पm पनि छलफल केन्द्रीत भएको थियो ।

प्रदेश नं २ ले आफ्नै सिडियो सहितका कर्मचारी राख्ने गरी विधेयक तयार पारिरहेको सन्दर्भमा पत्रकारहरुसँग गृहमन्त्री थापाले भने, ‘संविधानमा त्यस्तो व्यवस्था छैन, संविधान अनुरुप काम हुनुपर्यो ।’
जिल्लाका सिडिओहरु संघीय सरकार मातहत रहेको गृहमन्त्रीले प्रष्ट पारे ।

तर प्रदेश प्रहरी प्रमुख र मातहतका सबै प्रहरी अधिकारी प्रदेश सरकारकै मातहत रहने उनले बताए ।
‘प्रदेशको सुशासन र शान्ति सुरक्षाको अधिकार संघीय सरकारले खोसेको छैन,’ उनले भने, ‘प्रदेशको आफ्नाे छुट्टै प्रदेश प्रहरी हुने र एसपीदेखि तल सबै सुरक्षा व्यवस्था प्रदेश सरकारकै मातहत रहने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here