निरहु यादव

कपिलवस्तु- संघीय समाजवादी फाेरम नेपाल कृष्णनगर नगरपालिकाको प्रथम अधिवेशनले पप्पु काका भनेर चिनिने गोपाल प्यारे चँदेलकाे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा आरतीसिंह यादव सचिवमा जगमोहन वरइ, सह-सचिवमा राहुल मोदनवाल, कोषाध्यक्षमा रेखा माली छन् । सदस्यहरुमा राजकुमार यादव, प्रमिला कुर्मी, राजकुमार भुज चन्द्रीका गुप्तासहित २३ सदस्यीय कार्य समिति चयन भएको हाे ।

त्यसै क्रममा जिल्ला समन्वय समितिको लागि गोपाल प्यारे चन्देल, आरती सिंह यादव, जगदीशप्रसाद चौधरी र मुन्नलाल पाललाई चयन गरेको छ ।

नवनिर्वाचित सम्पूर्णलाई पार्टीका नेताहरुले संघीयता र पहिचानलाई स्थापित गराउन खटिनुपर्नेमा जोड दिदै सफल कार्यकालको शुभकामना दिइएकाे छ ।

कार्यक्रममा केन्द्रिय सदस्य मंगलप्रसाद गुप्ता, रामबरणप्रसाद यादव, प्रदेशका प्रवक्ता अब्दुल रहमान, अकरम पठान, प्रदेशका युवा नेता शैलेशप्रताप शाह, शिवपुजन यादव, यादव लयागतको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here