ओखलढुंगा- किरात राई विद्यार्थी संघकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अमित राईकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै अधिवेशन सम्पन्न भएकाे हाे । संघमा बन्दी राई, सुनिता राई लगायत रहेका छन् ।

केन्द्रीय प्रतिनिधि अन्जिल हाङ किरातीकाे प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित भेलाकाे अध्यक्षता जन्ताराम राईले गरेका थिए ।

भेलामा पूर्व केन्द्रिय अध्यक्ष धिरेन्द्र रुम्दाली, पूर्व केन्द्रिय उपाध्यक्ष दीपेन्द्र रुम्दाली, आदिवासी जनजाति महासंघ ओखलढुंगाका अध्यक्ष नेत्रबहादुर नेम्वाङ, पत्रकार महासंघ ओखलढुंगाका सचिव लाक्पा जी शेर्पा, युवा नेता चम्मर राई, शेर्पा विद्यार्थी संघका काेषाध्यक्ष शेरी शेर्पा लगायतकाे उपस्थितिमा भएकाे सदस्य वेकराज राईले जानकारी दिए ।

भेलाले नबाै महाधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here