काठमाडौं– चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन गौतममाथि मानव तस्कर भएको बताइएको छ ।

प्रहरीले गौतमविरुद्ध रेड नोटिस जारी गरेको छ ।

प्रहरीले मानव बेचबिखनको मुद्दामा गौतमविरुद्ध रेड नोटिस जारी गरेको हो ।

उनले नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्कर गर्ने गरेको बताइएको छ ।

करिब ८ महिनाको प्रक्रियापछि गौतमविरुछ रेड नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।
गौतम नेपाली नागरिकता त्यागेर हाल क्यानडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

हिम्मतवाली नायिका रेखा थापाले निर्माण गरेको चलचित्र हो ।

उनले गौतमलाई चलचित्रको हिरो बनाएकी हुन् । आफू भने हिरोइनको भूमिकामा थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here