सबै कुराको विकल्प हुन्छ ।

-राणा शासनको विरुद्ध नेपाली जनताले प्रजातान्त्रिक व्यवस्थालाई विकल्प अप्नाए ।
-पञ्चायती शासन विरुद्ध नेपाली जनताले बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई विकल्प अप्नाए ।
-शाही शासन विरुद्ध नेपाली जनताले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विकल्प अप्नाए ।
-एकात्मक केन्द्रिकृत शासन विरुद्ध नेपाली जनताले सङ्घात्मक व्यवस्थालाई विकल्प अप्नाए ।
-हिन्दु धर्म सापेक्ष शासन विरुद्ध नेपाली जनताले धर्म निरपेक्ष व्यवस्थालाई विकल्प अप्नाए ।
-त्यसैले समाजमा दलित बन्ने, भन्ने, लेख्ने र सोही अनुसार व्वहार गर्ने सामाजिक कानूनी अवस्थाका विरुद्ध ‘शिल्पी’ पहिचानलाई विकल्प मान्नुपर्दछ ।

-शास्त्र र समाजमा अपमानबोधक अर्थ लाग्ने ‘दलित’ शब्दको विकल्पमा ‘शिल्पी’ शब्द लेख्नको लागि पङ्तीकार सहित राष्ट्रिय शिल्पी आन्दोलनले संविधानसभा/संसद र सडकमा आन्दोलन गर्दागर्दै नियाेजित रूपमा निश्चित जात तथा समुदायहरू विशेषलाई लक्षित गरी संविधानमा ‘दलित’ नै लेख्नु संविधान जारी गर्ने राजनीतिक दल र सभासदहरूको महान भूल हो ।

यो कदम कदापि क्षम्य हुनै सक्दैन । संविधान पुनर्लेखनको विधिबाट संशाेधन गरी राजनीतिक दल र सभासदहरूबाट राज्य र समाजमा पर्न गएको दीर्घकालिन दुश्प्रभाव सच्याउनु पर्दछ ।

Dil Bahadur Nepaliकाे फेसबुकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here