ए मेरो सहिद !
तिमी व्यर्थ मर्यौ
न तिम्रो नाम लिने छन् यहाँ
न तिम्रो बलिदान सम्झने जमात छन् यहाँ
हे सहिद !
तिमि व्यर्थ मार्यौ

तिमी समानताको लागि लड्छु भन्थ्यौ,
सारा नेपालीको नयाँ बिहानीको लागि मर्छु भन्थौ,
तिमी लोकतन्त्रको लागि गोली थाप्छु भन्थ्याै,
मेरो नेतालाई बचाएर मर्छु भन्थ्याै
हे मेरो सहिद !
खै के पायौ ?
तिम्रो टुहुरो छोरो अरबको खाडीमा छ
तिम्रो परिवार खोलाको मिस्स गिट्टी र बलुवा चालाईमा छ
खै तिम्रो लोकतन्त्र ?

तिम्रो नेताहरु तिम्रो बलिदानको कदर गर्न चाहँदैनन्
तिम्रो बलिदानको दिन अरुलाई सम्झाउन चाहँदैनन्
हजारौ सहिदको बलिदानपछि प्राप्त लोकतन्त्रको दिन
सार्बजनिक बिदा दिई एक मिनेट मौनधारण गरी सम्मान दिन पनि चाहँदैनन्
ए मेरो सहिद तिमी व्यर्थ मर्यौ !!!!

केशव थापा मगर 
बेलबारी-१ मोरङ 
(२०७६ वैशाख ११ गते लोकतन्त्र दिवसमा समर्पित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here