काठमाडौं, ३ वैशाख । ‘लुट्न सके लुट कान्छा अरु देशमा पाइँदैन नेपालमै छ छुट’ बोलको गीत ल्याएपछि सरकारले गायक पशुपति शर्मालाई ‘प्रवल जनसेवा श्री’ पदक दिएन ।

सरकारले गत असोज ३ गते संविधान दिवसका दिन विभूषण प्रदान गरिने व्यक्तिहरुकोे सूची सार्वजनिक गरेको थियो ।

जसमा प्रबल जनसेवा श्री (चतुर्थी श्रीणी) पदक पाउनेहरुको नामावलीमा ९औं नम्बरमा शर्माको नाम थियो ।

तर गत वैशाख १ गते राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक १६२ जनालाई प्रदान गरिन् जसमा शर्मा परेनन् ।

नयाँ वर्षको दिन प्रदान गरिने उक्त पदकबारे गायक शर्मालाई खबर नै गरिएन ।

शर्माले सरकारबाट आपूmलाई औपचारिक खबर नभएको जनाएका छन् ।

लुट्न सके लुट बोलको गीतमा शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरेका थिए ।

गीत हिट भएपछि युट्युबमा राखिएको हटाउन लगाइएको थियो । नेकपाका युवा संघका नेताहरुले शर्मालाई धम्की दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here