काठमाडौं, २ वैशाख । अमेरिकी गायक निक जोनसित केही महिनाअघि मात्रै विहे गरेकी भारतीय नायिका प्रियंका चोपडाले आफूमाथि यौन शोषण भएको बताएकी छन् ।

उनी अमेरिकाको न्युयोर्कमा भएको १०औं वार्षिक महिला सम्मेलनमा सहभागी भएकी थिइन् ।

जहा उनले आफूमाथि पनि यौन शोषण भएको बताएकी हुन् ।

सम्मेलनमा उनले यौन शोषणको बारेमा बोल्न डराउन नहुने समेत बताएकी छन् ।

विश्वका विभिन्न मुलुकबाट सहभागी भएका महिलाहरुले सम्मेलनमा महिलाका विषयमा आ-आफ्नाे धारणा राखेका थिए ।

जसमध्ये यौन उत्पीडन एउटा विषय थियो ।

प्रियंकाले महिलासँग यौन उत्पीडन पनि जोडिएर आउने बताइन् ।

प्रियंकाले आफूमाथि यौन उत्पीडन भएको समाचार भारतीय मिडिया दैनिक जागरणले लेखेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here