काठमाडौं, २ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई २० हजार रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भट्टराईलाई सडक मर्मत सम्पन्न पश्चात रकम भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ गरिएको बताए ।

भट्टराईले घुस मागिरहेको सूचना आयोगमा पुगेपछि आयोगको विशेष टोली उनको पछि लागेको थियो ।

आयोगले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

आयोगले पछिल्लो समय घुस लिदै गर्दा दिनहुजसो नै रंगेहात पक्राउ गर्न थालेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here