काठमाडौं, २ वैशाख । समाजसेवी निमा लामा ‘जनसेवा श्री’बाट विभूषित भएका छन् ।

नेपालको गौरव र नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले लामालाई जनसेवा श्री विभूषण प्रदान गरेकी हुन् ।

लामा चुमनुव्री गाउँपालिका–७ छेकम्पार निलेगाउँमा जन्मिएका हुन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई ‘नेपाल रत्न’द्वारा विभूषित गरिएको छ ।

श्रेष्ठलाई मरणोपरान्त उक्त विभूषणा प्रदान गरिएको हो । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरे ।

त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरिन् ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरिएको छ ।

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here