महिलाहरुलाई आफू नुहाउदै गर्दा पनि विभिन्न खालको चिन्ताले सताउने एउटा अध्ययनले देखाएको छ ।

महिलाहरुले नुहाउदा आफ्नाे शरीर र कपालको बारेमा चिन्ता गर्छन् ।

यस बाहेक उनीहरु बाथरुमभित्र आफैसँग छिल्लिने गरेको समेत अध्ययनले पत्ता लगाएको छ ।

सम्बन्धको चिन्ताः
केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् । त्यसैले उनीहरू अक्सर हाम्रो सम्बन्ध कत्तिको टिकाउ हुनेछ ?  के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला ? आदि सोचमा हराउने गर्दछन् ।

कपालबारे चिन्ताः
केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् । त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् ।

मोटी भएँ कि भन्ने डरः
नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना । अक्सर केटीहरू बाथरूमभित्र आफ्नो नग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन् । उनीहरूलाई त्यसबेला आफू मोटी भएको र अब शारीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ ।

प्रेमीको बारेमा सोच्नुः
केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ । त्युअती मात्र होइन प्रेमी भएका केटीहरू आफ्नो प्रेमीबारे सोचेर लजाउने उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ ।

समयबारे चिन्ताः
केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरताबारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरूलाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here