काठमाडौं, २ वैशाख । विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा बेचिएको विषयमा विरोध प्रदर्शन गरेको छ ।

विवेकशील साझाले सोमबार विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।

बालुवाटारको सरकारी जग्गा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको नाममा देखिएको छ ।

विवेकशील साझाले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो ।

विवेकशील साझाले ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो ।

विवेकशीलका नेता तथा कार्यकर्ताहरूले हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here