काठमाडौं, २ वैशाख । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले मुलुकमा गृहयुद्ध अवश्य हुने जिकिर गरेका छन् ।

बाहुनहरुको नेतृत्वमा देश बर्बादीतर्पm गइरहेको भन्दै उनले अब गृहयुद्ध हुने बताए ।

उनले बाहुन नेतृत्वको दुई तिहाइ सरकारले पाँच वर्ष शासन गर्दा देशमा फेरि १३ हजार मानिसको ज्यान जाने समेत बताए ।

नयाँ वर्ष २०७६ को पहिलो दिनमै विमान र सवारी दुर्घटनमा गरी ६ जनाको ज्यान गएपछि लिङ्देनले सामाजिक सञ्जालमा लेखे, ‘मैले पाँच वर्ष कम्युनिष्ट बाहुन सरकार रहँदा १३ हजार नेपालीले ज्यान गुमाउनुपर्छ भन्दा कसैलाई अपाच्य लाग्यो होला । तर नयाँ वर्षको सुरुको दिन ६ जना नेपालीको अकालमै मृत्यु भइसकेको छ ।’

उनले बाहुनहरुसँग न भिजन न मिशन रहेको बताए ।

‘तर उनीहरुमा हामी समाजको सुप्रिम हौ भन्ने अहंकार छ, जसले मान्छेलाई मान्छे गन्दैन तिनीहरु शासक रे,’ लिङ्देनले लेखेका छन्, ‘गृहयुद्ध चाहिँ अवश्य हुन्छ । केवल गृहयुद्धले ईपिसेन्टर खोजिरहेको छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here