जनकपुरधाम, २ वैशाख । तराईका विभिन्न जिल्लामा आज जुडशितल पर्व मनाइँदैछ ।

आज विहानदेखि नै बुबाआमा, गुरु र मान्यजन तथा आपूmभन्दा जेठा व्यक्तिले आपूmभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिदै जुडशितल पर्व मनाइँदैछ ।

यो पर्वमा वर्षभरि सुख शान्ति र उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्ने र मान्यजनबाट आशिर्वाद थाप्ने चलन छ ।

आजकै दिन खेतबारीमा मलजल गर्ने, बोटविरुवामा पानी हाल्ने पनि गरिन्छ ।

घरघरमा मिठा परिकार बनाएर खाने चलन पनि छ ।

प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश नं २ सरकारले जुडशितल पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रेस विज्ञप्ती निकाल्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here