काठमाडाैं, २ वैशाख । विश्वकै सबभन्दा ठुलो विमानले पहिलोपटक उडान भरेको छ ।

स्ट्रेटोलन्च कम्पनी अन्तर्गत माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको विश्वकै सबभन्दा ठुलो विमानले आइतबार अमेरिकाबाट पहिलो उडान भरेको हो ।

यो विमानमा दुईवटा एयरक्राफ्ट बडी आपसमा जोडिएका छन् । यसमा ६ वटा इञ्जिन छन् ।

यो विमान ३ सय ८५ फिट लम्बाईको छ । यसको आकार एउटा फुटबल मैदान बराबर छ ।

अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ ।

यो परियोजना सफल भएमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट भन्दा पनि सस्तो र सुलभ हुने छ ।

पहिलो उडानमा नै यो विमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ ।

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here