दार्चुला, २ वैशाख । दार्चुलास्थित मार्मा गाउँपालिकाकाे सवारी साधनकाे चरम् दुरुपयोग भइरहेकाे छ ।

गाउँपालिकाकाे पशु शाखा प्रमुख नन्द ठगुन्नाले आफूले प्रयाेग गर्न पाएकाे बा२ब २२७७ नम्बरको मोटरसाइकल आप्mनो भाइलाई चलाउन दिएका छन् ।

उनकाे भाइ दिलिपसिंह ठगुन्नाले उक्त माेटरसाइकल मनाेमानी ढंगले चलाइरहेका छन् ।

नयाँ माेटरसाइकल जथाभावी चलाउदा थाेत्रे र कवाडी भइसकेकाे छ ।

थाेत्राे भइसकेकाे गाउँपालिकाकाे माेटरसाइकल

गाउँपालिकाका कर्मचारीहरू भने मोटरसाइकल अभावमा हिडेर गाउँगाउँ पुग्छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले भने, ‘गाउँपालिका अध्यक्षसँग राम्रो सम्बन्ध रहेकाेले नै दिलिपसिंह ठगुन्नाले सरकारी मोटरसाइकल मनपरी चलाउन पाएका हुन् ।’

गाउँपालिकाको मोटरसाइकल आफन्तदेखि नातेदारसम्मकाले प्रयोग गरेकाे विषय बारम्बार ध्यानाकर्षण गराउँदासमेत चासो नदेखाइएकाे कर्मचारीकाे भनाइ छ ।

दिलिपसिंहले रातदिन घर बनाउने समान ल्याउनेदेखि लिएर अन्य घरायसी काममा उक्त मोटरसाइकल प्रयाेग गरेकाे आफूले प्रत्यक्ष देखेको स्थानीय धिरज विष्टले बताए ।

सरकारी सवारी साधन दुरुपयोगकाे गुनासो आएपछि पशु शाखा प्रमुखलाई मोटरसाइकल घरमा नराख्न निर्देशन दिइएको भए पनि नमानेको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत तारानाथ पनेरुले गुनासाे गरे ।

शाखा प्रमुखको घर सिमार हुँदा बिहान-बेलुकी आवत-जावत गर्ने मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए ।

मार्मा गाउँपालिकासँग चारवटा मोटरसाइकल रहेको दिनका लागि नपुग्ने हुँदा आवश्यकता अनुसार सरकारी कर्मचारीहरुले प्रयोग गर्ने अध्यक्ष धामीले बताए ।

मार्मा गाउँपालिका पशु शाखा प्रमुखको भाईले गरेको सरकारी सवारी साधनको दुरुपयोगका बारेमा बुझेर आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शंकरसिंह विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here