उदयपुर, २ वैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच दिने लिम्चुङबुङ महोत्सव सुरु भएको छ ।

‘पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन’ नाराका साथ सुरु भएको महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

गाउँपालिकाले निर्माण गर्न लागेको एभरेष्ट भ्यु टावरको प्रचार र प्रवद्र्धनका लागि समेत महोत्सव आयोजना गरिएको हो ।

महोत्सव दोबाटेडाँडामा आयोजना गरिएको छ । जहा एभरेष्ट भ्यु टावर निर्माण गरिदैछ ।

महोत्सवको उद्घाटन प्रदेश सांसद नारायण बुर्जा मगर र गाउँपालिका अध्यक्ष मेजर राईले संयुक्त रुपमा गरेका हुन् ।


महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आकर्षण रहेका छन् ।

गाउँपालिकाको समृद्धिका लागि कषि, उद्यम, शिक्षा, स्वस्थ्यसंगै पर्यटनलाई विशेष महत्व दिइएको छ ।

महोत्सवको पहिलो दिनलाई गायक रुपकुमार राई, फूलकुमार बम्जन, शिव थापा मगर लगायतको प्रस्तुतीले रौनकता थप्यो ।

महोत्सव आयोजक एभरेष्ट भ्यु तथा पर्यटन विकास समितिका अध्यक्ष ज्ञानबहादुर राईका अनुसार महोत्सव अवधीभर ख्यातीप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीसंगै स्थानीय सरकारको समृद्धिका गतिविधि तथा स्थानीय स्रोत साधन, लिम्चुङबुङ झरना जस्ता पर्यटकीय स्थलहरुको प्रचार-प्रसार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here