काठमाडौं, २ वैशाख । विवेकशील साझा पार्टीले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

सरकारी जग्गा प्रकरणलाई लिएर उसले प्रदर्शन गर्न लागेको हो ।

बालुवाटारको सकारी जग्गा नेकपाका महासचिव विष्णु पौडेल समेतले खरिद गरेको खुलेपछि सो घटनाको सर्वत्र विरोध भइरहेको छ ।

राजनीतिक दलका नेता, व्यवसायी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हिनामिना गरिएको घटना बाहिर आएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here