काठमाडौं, २ वैशाख । संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ अधिवेशन आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने भएको छ ।

ससफो प्रदेश नं १ का सचिव दुर्गामणि सुवेदीले पछिल्लो बैठकले प्रदेश अधिवेशनको मिति र स्थान तोकेको बताए ।

उनका अनुसार अधिवेशनमा करिब ५ सय जना प्रतिनिधि हुनेछन् ।

प्रदेश नं १ को १४ जिल्लामध्ये १० वटा जिल्लाको अधिवेशन हालसम्ममा भइसकेको छ ।

बहुसंख्यक जिल्लाको अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन गर्न सकिने पार्टी कानुनमा छ ।

अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

ससफोको प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८ गतेदेखि प्रदेश नं २ को जनकपुरमा हुँदैछ ।

पार्टीको राष्ट्रिय महाधिवेशन अघि नगर, गाउँ, जिल्ला, प्रदेश अधिवेशन गरिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here