मोरङ, ३० चैत । मोरङको बेलबारी नगरपालिकास्थित ‘किरात राई यायोक्खा साकेला थान’मा १९ फिट अग्लो यलम्बरको प्रतिमा स्थापना गरिएको छ ।

यलम्बरलाई प्रथम किरात राजा मानिन्छ ।

किरात राई यायोक्खा बेलबारी नगर समितिको पहलमा यलम्बरको प्रतिमा स्थापना गरिएको हो ।

बेलबारीको यलम्बरको प्रतिमा नेपालकै सबभन्दा अग्लो यलम्बरको प्रतिमा भनिएको छ ।

यलम्बरको प्रतिमा मात्रै ११ फिट अग्लो छ । जसको फाउन्डेशन समेत जोड्ने हो भने १९ फिट अग्लो हुन्छ ।

समितिका सल्लाहकार तथा पत्रकार नारायण राईका अनुसार करिब ५ लाख रुपैयाँ खर्च गरेर यलम्बरको प्रतिमा निर्माण गरिएको हो ।

प्रतिमा निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग उठाइएको हो । राज्य वा सरकारी तहको कुनै सहयोग नभएको राईले बताए ।

प्रतिमा मुर्तिकार धिरज चाम्लिङले बनाएका हुन् । प्रतिमा फाइबरको हो । जुन करिब ५०, ६० वर्ष खप्ने अनुमान गरिएको छ ।

साकेला थानमा यायोक्खाको नाममा ९ दशमलव ३६ हेक्टर जग्गा छ ।

साकेला थान क्षेत्रलाई पार्कको रुपमा विकास गरिने सल्लाहकार राईले बताए ।

‘पार्क निर्माण गरेपछि केही शुःल्क समेत तोकिने छ,’ उनले भने, ‘पार्कभित्र घुम्न आउने, म्युजिक भिडियो, फिल्म खिच्ने तथा विभिन्न अध्ययन÷अनुसन्धानका लागि आउनेहरुबाट शुःल्क लिने र पार्कलाई व्यवस्थित गर्ने योजना छ ।’

साकेला थानमा लगभग नेपालमै लोप हुन लागेका सखुवाको ठुलाठुला रुखहरु छन् । बन सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरु साकेला थानमा पुग्ने गरेको राईको भनाइ छ ।

साकेला थान परिसारमा बाँस मात्रै आठ प्रजातिको पाइन्छ ।

‘नेपालभरि हेर्ने हो भने सबभन्दा पुरानो र ठुलाठुला सखुवाको रुपमा पनि साकेला थानमै पाइने भएकोले अनुसन्धान गर्ने विद्यार्थीहरु आउने गर्छन्,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here