काठमाडौं, ३० चैत । गायिका नेहा कक्कडको चर्चा भारतमा मात्रै नभएर नेपालमा पनि चलिरहन्छ ।

गायिका भए पनि उनी मोडलिङ क्षेत्रकी युवतीभन्दा कम छैनन् ।

नेहाको गीतहरु युट्युबमा पनि बढी हेरिएकामध्ये पर्छन् । उनको फ्यान नेपालमा पनि उत्तिकै छन् ।

नेहाको फ्यानको लागि भने अब खुसीको खबर छ ।

उनी सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएकी छन् ।

‘पारामाउन्ट इन्टरटेनमेन्ट’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् ।

आयोजक संस्थाका दिपक घिमिरेका अनुसार नेहाको कन्सर्टमा सहभागी हुन चाडै टिकट बुकिङ खुला गरिनेछ ।

उनले आगामी वैशाख २८ गते काठमाडौंको गैरीधारास्थित ‘लस एस्कोबार’मा लाइभ प्रस्तुति दिनेछिन् ।
वैशाख २९ गते भने ठमेलस्थित ‘एलओडी क्लब’मा उनले प्रस्तुति दिनेछिन् ।

उनले आफू नेपाल आउने कुरा सामाजिक सञ्जालमा समेत लेखेकी छन् ।

उनले एउटा भिडियो नै तयार पारी आफू सहभागी हुने कार्यक्रममा आउन फ्यानहरुलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here