काठमाडौं, २९ चैत । अभिनेता दयाहाङ राई र नायिका स्वेता खड्काको अभिनय रहेको चलचित्र कान्छी युट्युब च्यानमा राखिएको छ ।

शुक्रबार बुढासुब्बा डिजिटल प्रालि नामक युट्युबमा कान्छी अपलोड गरिएको हो ।

कान्छीमा निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी र भुमिका श्रेष्ठको समेत अभिनय छ ।

हलहरुमा राम्रो व्यापार गरेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँङ्कन अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । कोरियोग्राफी भने बसन्त श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here