प्रारम्भ

अध्ययनको क्रममा विसं२०४५ सालमा काठमाडौं प्रवेशसँगै दोलखाको नाम नजिकबाट सुन्न पाएको हुँ ।

नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा दोलखाका साथी श्याम बस्नेत (अधिवक्ता तथा सम्पदा मासिकका सम्पादक), उनकै दाइ कुमार बस्नेतसँग हामी कक्षागत साथी । त्यसरी नै मकवानपुर बसाइका क्रममा जेटीए देव खड्कासँगका सामिप्यता ।

किरात राई बान्तावाको इतिहास बोक्ने बुङवाखाको निकाल्ने क्रममा कम्प्युटर र डिजाइनमा सहयोग गर्नु हुने भाइहरु दिपक वली र रमेश वलीको हातेमालोले दोलखा जिल्लासँगको सामिप्यता निकै गहिरो नै हो भन्ने मलाई लाग्छ ।

पछिल्लो चरणमा श्रीमति इन्दिरा राईको युुएनडिपीको रोजगारको क्रमले झन यो सामिप्यलाई प्रगाढ बनाएको छ नै, अर्कोतिर दोलखा र किरात इतिहासको सम्बन्धलाई ताजा बनाउन र मेसो फुकाउन मदत पुगेको छ भन्ने अनुभव भएको छ ।

दोलखाको भीमसेन मन्दिर र काठमाडौंमा चर्चा

यलाखोमको बसाइमा दोलखाको भीमसेन मन्दिरको पूजा गर्न जानेको हुल र हल्ला मजाले मैले पनि सुने देखेकै हुँ । तथापी आफूमा भने बाल्य तथा किशोरवय हुँदै युवाकालसम्म हजुरआमाको कथन–“छाच्यौ, आन्पा अन्कि मामाचि मयुङयाङतारि ।

अचो साया पेप । हिन्दु माङखिम खात्मा अनुनिन ओन्या अर्थात् नानी बाबु हो, बुबा आमा हुन्जेल किरातीहरु हिन्दू मन्दिरमा जानु हुँदैन है, उहाँहरुको प्रतिष्ठा ढल्छ ।” किरात राई जातिमा बुबा आमा नै देवता हुन्, अरु होइनन् । त्यसैले बुबाआमा नै देवता भएपछि उहाँहरुलाई बेवास्ता गरी मन्दिर धाउँदा प्रतिष्ठा ढल्छ, इज्जत जान्छ । यो जानु भनेको मर्नु सरह हो ।

यस्तो कार्यले इज्जत ढल्नेको मृत्युसम्म हुने सम्भावना रहन्छ । यसरी हजुरआमाको शिक्षाले पनि मन्दिर जानमा उत्साह थिएन र अहिले पनि छैन । यो पारिवारिक संस्कार हजुरआमाले दिनुुभएको । त्यसैले दोलखाको भीमसेन मन्दिररको दर्शनमा मात्र होइन, नेपालकै कुनै पनि मन्दिर जाने त्यति हौसला बढेको पाएको छुइन ।

दोलखा भ्रमण र किरातीछाप वि.सं. २०७३ असार ४ गते अचानक दोलखा चरिकोटको भ्रमण जुु¥यो । पारिवारको जागिर उतै भएको र छोरीहरुको भ्रमण चरिकोट बजार दोलखाको थियो भने मेरो व्यक्तिगत चासो किरातीछाप बारेमा जान्नुु थियो । किरातीछापको बारेमा भने भर्खरमात्र श्रीमतिले मलाई जानकारी गराउँदै चासोअनुसार छोरीहरुसँग दोलखा घुम्न आउने कुरा चल्न थाल्यो ।

त्यसपछि भने दोलखाको भ्रमणको हुटहुटी अझ बढी लाग्न थालेको थियो । तर कहिले जुरेको थिएन । बल्ल समय आयो । छोरीहरुको स्कुुलमा २ दिनको लागि विदा भयो । यो विदामा समय निकालेर बुवाछोरी चरिकोट भ्रमणमा लाग्यौँ । चरिकोट पुगेपछि पनि मेरै चासोले प्राथमिकता पायो र सपरिवार असार ५ गतेको दिन बिहानको खाना खाइ किरातीछापको स्थलगत भ्रमणमा लाग्यौँ ।

किरातीछापको अवस्था

किरातीछाप जिरी जाने बाटोमा पर्दो रहेछ । यो चरिकोट बजारबाट जम्मा ८ किलोमिटर टाढा छ । किरातीछाप भीमेश्वर नगरपालिका वडा नं. ६ मा पर्दछ ।

चरिकोट बजार र किरातीछाप एउटै नगरपालिकाको दुई फरक वडाहरु मात्र हुन् । चरिकोट बजार हो भने किरातीछाप गाउँ हो । यो ठाउँ चरिकोट बजारबाट दक्षिण बेंसीमा पर्दछ ।

यसको केही किलोमिटर तल तामाकोशी नागबेली आकारमा बगेको देख्न सकिन्छ । फाँटिलो परेको यो ठाउँ चरिकोट बजारभन्दा न्यानो रहेको छ । प्रायः यहाँका रुखविरुवाहरु बेंसीमा पाइने टाँकी, खनिउ, कटहर, बडहर, नेभारु आदि हुन् ।

जिरी जाँदा किरातीछाप ठाउँमा पुगेपछि एउटा किरातीछाप लेखिएको साइनबोर्ड राखेको देख्न पाइन्छ । यो साइनबोर्ड देखेपछि लाग्छ पक्कै पनि यहाँ किरातीहरुको रस्तीबस्ती छ ।

साइनबोर्डबाट केही पर गएपछि एउटा झुप्रुक्क परेको सानो बस्ती रहेको छ । यो सानो वस्ती किरातीछापको केन्द्र गाउँ रहेछ । त्यहाँ अर्को किरातीछापको साइनबोेर्ड राखेको छ । तत्कालीन समयको राजनीतिक र प्रशासनिक विभाजनअनुुसार किरातछाप गाउँमा जम्मा २५३ घर संख्या रहेको छ ।

तर अचम्म लाग्दो यहाँ किरातीको कुनै दसीप्रमाण पनि पाउन सकिन्न । यति घर संख्याभित्र बस्तीका बासिन्दा भने कार्की, थापा, कुँवर (कौर), बस्नेत, श्रेष्ठ, भुजेल, नेपाली, राउत, चर्मकार, शिवाकोटी र भण्डारी पनि रहेका छन् ।

स्थानीयकाे भनाइ

यो सानो झुप्रुक्क परेको बस्ती हुँदै जिरी जाने सडकको एका छेउमा प्रहरी बिट रहेको छ भने अर्कोतिर फराकिलो जमिन छ । पहिला यहाँ पोखरी थियो रे ।

त्यो पोखरी कालन्तरमा मासियो रे । त्यहाँ अहिले एकलाइनले घरहरु बनिसकेका छन् । त्यो लाइनमा किराना तथा चिया पसलहरु चलिरहेका छन् । एकातिर बडेमानको २ पिपलका रुखहरु छन् भने यसैसँग सिमेन्टका चौताराहरु बनाइएका छन् । यी पिपलका रुखहरु कहिलेका हुुन् भन्ने कसैलाई थाहा छैन ।

स्थानीय मानिसहरुको भनाइअनुुसार यहाँ पहिला पुरानो भग्नावशेषहरु थिए रे । यसैमा बसेर किरात राजाहरुले छाप लगाउने काम गरेकाले यो ठाउँको नाम किरातीछाप भएको हो रे । यो ठाउँमा राणाकालमा समेत कोतमौला स्थापित थियो । त्यतिबेलासम्म धारा, पोखरी र पाटीसमेत थियो । तर अहिले भने नगर स्वस्थ्य क्लिनिक र पशुपति महादेव स्थापित छन् ।

त्यहाँको बासिन्दाहरुको बुुझाइमा किराती भनेको राई हो । तर त्यहाँका स्थानीय बासिन्दाहरुले किराती राई भने केही वर्ष अगाडि दार्जिलिङबाट एक जना सर पढाउन पुगेपछि मात्र देख्न पाएका हुन् । त्यो भन्दा अगाडि कसैले पनि राई देख्न पाएका थिएनन् ।

जिरीमा पुगेपछि जिरेलहरु बसोवास गरे पनि उनीहरुलाई किराती नभन्दा रहेछन् । अचम्म लाग्दो त के छ भने किरातीछाप वरपरको गाउँहरुको नाम बुझ्दा पनि किरातीछापको उत्तरतिरको गाउँको नाम धरमपुर, कात्तिके र जिलु, पूर्वतिर नाम्दु, मार्बु र जिरी, पश्चिमतिर घोक्सिला, गोल्माथान, कालकुटी र दक्षिणतिर फस्क, सामुते र पओंटी रहेका छन् ।

गाउँका केही ठाउँहरुका नामबाहेक प्रायः सबै ठाउँहरुको नाम किराती भाषासँग मिल्दो रहेको पाइन्छ । गोल्मा नाम त भोजपुर जिल्लाको दक्षिणमा रामप्रसाद राई गाउँपालिकाको कटुुन्जे गाउँमा रहेको एक विशाल भीरको नाम हो ।
साकेन्वा मुुत्दुममा दोलखा साकेवा एक परिचय पुस्तकमा निर्दोष बालाखाम्छाले लेखेका छन् हालको दोलखा जिल्लामा एक किराती राजा थिए ।

उनका सिल्टाङकुप्मा र वासङकुप्मा नाम गरेका दुई श्रीमती र सोइसोइला नाम गरेकी चेली थिए । पराजयको मारले शक्तिदाताको रुपमा पारुहाङ र सुम्निमाको छोरा हेन्कुबुङलाई स्थापना गरी किरात राजाले अब हामीले यो शक्तिदाताको पूजा आराधना गरी शक्ति प्राप्त गर्नुपर्दछ ।

तिमीहरुले एउटा दोलो बनाउनुुपर्छ भनी हुकुम दिए । सोहीअनुुसार विभिन्न सामाग्रीहरु जुुटाएर सोइसोइलाले दोलो निर्माण गरिन् । दोलो राजालाई दिइन् । दोलोमा एउटा लरक्क लर्किएको चराको प्वाँख थियो । राजालाई त्यो प्वाँख अति मन प¥यो । त्यो प्वाँख के को हो भनी बहिनीलाई सोध्दा बहिनीले भिङ्गुुमा चराको प्वाँख हो भनिन् । राजाले त्यही चराको नामबाट ढोल झ्याम्टाको लय, ताल निकाल्न लगाइ हेन्कुमबुुङसँग शक्ति माग गर्न धनुुकाँड, सोलोयाँ र ढोल झ्याम्टा लिएर पुज्न हिंडे । चेलीलाई दोलो बोक्न लगाए ।

सिल्टाङ कुप्मालाई नाच्ने कला निकाल्न लगाए । हेनकुमबुुङ स्थापना गरेकोे स्थानमा पुुगेर राजाले हेनकुमबुुङलाई पुज्न लागे । प्रत्येक मन्त्रको साथमा सोइसोइलाले दोलो क्रमशः कम्मर, काँध र शिरमा लगाइ दिनुु पर्नेभयो । भुँइदेखि राजाको काँधसम्म क्रमशः दोलो पुुग्यो । अन्तमा, जब दोलो राजाको शीरमा पुुगेपछि गाई काटी भोग दिनुुपर्ने थियो । मन्त्रअनुसार दोलो शिरमा लगाइ गाई काट्ने समय भयो, तब चेली पर सरी । चेली आफैँ लाजले त्यहाँबाट भागी । राजाले चेलीलाई दोलोकुप्मा दो सोइसोइला भनेर बोलाए ।

चन्द्रकुमार राई हतुवाली

तर चेली अघि नै भागी सकेकी थिइ । सबैतिर खोजी भयो तर कसैले सोइसोइलालाई भेटेनन्, ढोलेहरुले ठुलाे स्वरले दोलोकुप्मा दो सोइसोइला भनेर बोलाए । तर पनि सोइसोइला आइन । अब दोलो शिरमा चढ्न पाएन । दोलो काँधबाट भुुँइमा झ¥यो । उडेर जाला भनी त्यसलाई दुुईतिरबाट बाँधेर राखियो ।

तर थामिएन अन्ततः दोलो शिरमा नपुुगी भुँइमा भरेकोले यस ठाउँको नाम दोलोखा भयो । त्यही दोलोखा अहिले दोलखा भएको हो ।

यायोक्खाको भूूमिका वास्तवमा तत्कालीन समयबबाट किरातछापको नाममा चिनिदै आएको त्यस ठाउँको नाम र किरातीहरुको सम्बन्धको बारेमा घनीभूूत रुपमा छलफल हुनुु आवश्यक छ । यो ठाउँको नाम कसरी किरातछाप रहन पुुगेको हो ? कहिलेबाट यो ठाउँलाई किरातछाप भन्न थालिएको हो ? किरात र यस ठाउँको सम्बन्ध हुनुमा के कारण छ ? आदि शीर्षकमाथि किरात राई यायोक्खाले प्रथम चरणमा आन्तरिक बहस चलाइ अन्य ३ किरात संस्थाहरुसँग हातेमालो गर्दै जान आवश्यक छ । परिणामतः दोलखा र किरात जातिको ऐतिहासिक र सांस्कृतिक सम्बन्धका बारेमा उजागर हुन सकोस् ।

यसका साथै किरातछापको ऐतिहासिक तथा पर्यटकीय प्रवद्र्धनमा मदत पुुग्ने गरी स्थानीय समुदायसँग समन्वय गरेर कुनै किरात पहिचान दिने केही सांस्कृतिक क्रियाकलापहरु गर्न सकियोस् ।

यसले दोलखाले बचाउँदै ल्याएको हाम्रो ऐतिहासिक तथा सांस्कृतिक नाम किरातछापलाई व्यापकता दिन्छ भने किरातछापबासीहरुमा समेत किरातछाप नाम गर्वको कुरा बन्न पुुग्दछ ।

हतुवालीकाे याे लेख http://kirayanepal.orgबाट लिइएकाे हाे ।

1 COMMENT

  1. याे हल्का खाले टिप्पणिले २ दिनकाे बिदामा २ घण्टाकाे साेधाई खाेजाईकाे बाेक्रे टिपाेटले जिरीका जिरेललाई किराँति नमान्दा रहेछन भन्ने कुराले हामि जिरेलहरूलाई केहि राैं भुत्लाे असर गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here