काठमाडौं, २९ चैत । नेपालीको थाप्लोमा ऋणको भार झन् थपिएको छ । यस वर्ष एकजना नेपालीको भागमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋणभार पुगेको छ ।

महालेखाको प्रतिवेदनले यो ऋणभार देखाएको हो ।

जुन गत वर्षभन्दा ७ हजार रुपैयाँले बढी हो ।

महालेखाले शुक्रबार आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखाले यस वर्ष ६ हजार ६ सय ४४ वटा निकायको ५१ खर्ब ६० अर्ब ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ ।

त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here