यौन मानिसको जीवनको एउटा मुख्य पाटो हो । तर कसैकसैमा आफ्नाे यौन शक्ति कमजोर भएको महशुस हुने गर्छ ।

वैवाहिक जीवनमा यौन शक्ति र क्रियाकलाप आवश्यक हुन्छ ।

यौन शक्ति बढाउनका लागि बजारमा विभिन्न प्रकारका औषधी समेत पाइन्छ ।

तर पनि मानिसहरुको समस्या समाधन भइरहेको हुँदैन ।

यहाँ केही यस्ता चिजबारे उल्लेख गरिएको छ, जसले यौन शक्ति बढाउन मद्दत गर्छ र जुन चिज घरमै बनाउन सकिन्छ ।

लसुन
दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस ।

यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।

तुलसी
१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् ।

तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।

जायफल
जायफल अर्थात जायदानालाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ ।

बिहान सबेरै एक ग्राम जायदानाको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ ।

खजुर
बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् ।

अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ ।

दालचिनी
दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here