काठमाडाैं, २८ चैत । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए ।

८ सय ३५ जना फेल भएका छन् ।

काउन्सिलले बीडीएस उत्र्तीणका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल भएका छन् ।

परीक्षामा सहभागी ४ सय ५ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here