तस्बिरमा देखिएको लिब्जु डाँडा हो । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ र ३ को सिमाक्षेत्रमा पर्ने लिब्जुलाई स्थानीय वम्बुले र बाहिङ राईहरुले शक्तिको रुपमा पुज्ने गर्छन् ।

दुई हजार मिटरको उचाइमा रहेको डाँडामा लिब्जु थान छ ।

पत्रकार गणेश राईका अनुसार उक्त डाँडामा किरातीहरुले गोरु काटेर पुजा गर्ने चलन थियो ।

तस्बिरः मोतिलाल राई

पछिल्लो समय भने गोरु काट्नुको सट्टा जिउँदै गोरु जंगलमा छोड्ने गरिन्छ । गोरु काट्न नपाइने कानुन आएपछि जिउदो गोरु छोड्न थालिएको हो ।

भाकल हुनेहरुले गोरु मात्रै हैन, जिउँदो कुखुरा समेत जंगलमा छोड्छन् । जसलाई स्याल लगायत जंगली जनावरले खान सक्दैन भन्ने मान्यता छ ।

स्थानीयका अनुसार कहिलेकाही जंगलमा कुखुरा भेटिन्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here