मान सिङ गुरुङ, युएई –  युएईमा कार्यरत रहँदा आपत विपदमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्दारको लागि आपतकालिन कोष स्थापना गर्न  कास्की आदर्श सेवा समाज युएईले आउदै गरेको नयाँ वर्ष २०७६ को अवसर पारेर “नयाँ वर्ष सास्कृतिक धमाका-२०७६” मनाउने तयारी भएको छ ।

उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू वरिष्ठ लोक दोहोरी गायक तथा कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, लोक दोहोरी गायिका तुलसा क्षेत्री, हास्य  कलाकार युवराज भन्डारी (पोख्रेली माग्ने बुढा) तथा प्रवास युएईमा रहेका कलाकारहरूको बेजोड  प्रस्तुतीका साथ २०१९ अप्रील १२ तारिख शुक्रबारको दिन होलिडे इन होटल  (भेगाँस क्लब हल), वर दुबई युएई (बर्जुमन मेट्रो स्टेशन नजिक एक्जिट नं.४,दिनको ठिक १:३० बजे) मा साँस्कृतिक धमाका २०७६ को आयोजना गर्न गइरहेको छ।उक्त कार्यक्रममा युएईमा रहेका  सम्पुर्ण संघ, संस्था,महानुभाव, दाजुभाइ तथा दिदिबहिनीहरु लाई  गरिमामय उपस्थितीका लागि कास्की आदर्श सेवा समाज युएईका महासचिव बिकास अधिकारीले अव्हान गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here