काठमाडौं, २६ चैत । ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाउँदै आएका गायक धिरज राईले ‘ब्रिटिश म्युजियम’मा रहेको बुद्धबारे लेखिएको पुस्तकमा बुद्धको जन्मस्थल सम्बन्धी गलत कुरा हाल सच्याइएको बताएका छन् ।

गायक राईले आप्mनो फेसबुक पेजमा ‘खुसीको खबर’ भन्दै यो कुरा उल्लेख गरेका हुन् ।

उनले बुद्धबारे लेखिएको पुस्तकहरुमध्ये ४० प्रतिशत पुस्तकमा बुद्धको जन्मस्थलबारे गलत लेखिएको दाबी गरेका छन् ।

Lord Buddha Was Born In Nepal | Dhiraj Rai

*बुद्ध अभियान … किन …?? भ्रमहरु चिर्दै

Gepostet von Dhiraj Rai am Samstag, 6. April 2019

१२ वर्षअघि आपूmले अंग्रेजी साहित्यमा एमए पढ्दै गर्दा पाठ्यक्रमकै एउटा पुस्तकमा बुद्धको जन्म भारतमा भएको हो भन्ने उल्लेख भएको पाएपछि उनले बुद्ध वाज बर्न इन नेपाल अभियानको सुरुवात गरेका थिए ।

पाठ्यक्रमबाट उक्त गलत लेखिएको पुस्तक हटाउन खोज्दा क्याम्पसले उल्टै राईलाई हटाएको थियो ।
तर अन्ततः एमएको पाठ्यक्रमबाट उक्त पुस्तक हटाइएको थियो ।

राईले बुद्ध नेपालमा जन्मिएको वास्तविकतालाई लिएर विश्व यात्रा समेत गरेका छन् ।

पछिल्लो समय उनी संगीतमा भन्दा पनि बुद्ध वाज बर्न इन नेपाल अभियानमा बढी लागिरहेका छन् ।

खुशिको खबर …*बृटिस म्युजियम मा बुद्ध जन्मस्थल *गलत लेखिएको कुरा…. सच्चिएको खबर भर्खरै मात्र थाहा पाए …( स्रोत : Google Search )

Gepostet von Dhiraj Rai am Montag, 8. April 2019

1 COMMENT

  1. बुद्ध जन्म स्थल बारे कहाँ कता भन्ने भन्दा पनि उनको शिक्षा के हो प्रचार प्रसार गरे राम्रो हुन्थ्यो कि गायक ज्यु ?बुद्ध जन्मेको नेपाल तर त्यही आशान्ती हत्या हिन्सा दसैं मा हजारौ खसी बाख्रा रङो भसी आदिको को बली दीन्छ । देश मा गाजा खाने रक्सी खाने भारतीय जोगिको लिङ हेर्ने धोग्ने जस्ता बिक्रित दिन दिनैइ बद्धै छ । भ्रस्ताचारी अराजक तस्करी गुण्डा गरी बधेको बधाईइ छ । यस्तो देक्धा त बुद्ध नेपाल मा होइन । थैल्यान्द बर्मा जापान स्रिलन्क तिर जन्मेको हुन कि झैइ लाग्छ ।
    बुद्धको साधारण ज्ञान स्कुल मा दिनु पर्ने हो र सबैले पालान गरे सबैको भलो हुने थियो ।
    बुद्धका २२७ शिल मध्य साधारण मानिसले जम्मा ५ शिल मात्र पालान गरे पनि धेरै हुने थियो ।
    जस्ताई :Five precepts or basic guidelines9moral)
    हत्यहिन्सा अपराध कर्म देखी टाधैइ रहने
    २चोरी नगरने
    ३ व्यव्हिचारी नहुने
    ४ झुट नबोल्ने
    ५ कुनै पनि मादक पदर्थ भङ धतुरो चुरोत जाड रक्सी नलिने ।
    प्रयास गरे कती राअंरो हुन्त्यो ।
    गायक ले पहिले आँफै बुद्ध को साधारण नैतीक ज्ञान लिदा राम्रो अनी अरुलाई बाड्न सजिलो हुन्छ। suvamangalam

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here