उदयपुर, २६ चैत । संघीय समाजवादी फोरम नेपाल बेलका नगर अध्यक्षमा सुरेन्द्र राई निर्वाचित भएका छन् ।

अध्यक्ष राईको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति बनेको छ ।

सोमबार सम्पन्न प्रथम नगर अधिवेशनबाट नयाँ कार्य समिति बनेको हो । अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा मोहन विक, सचिवमा विपिन नेपाल र कोषाध्यक्षमा रुन्चिमाया राई चयन भएकी हुन् ।

ससफोका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

सो क्रममा नेता राईले ससफो नेपाल आम उत्पीडित जनताको अधिकार सुनिश्चित गर्न स्थापना भएको पार्टी भएको बताए ।
उनले पानी र चिनीजस्तै घुलिएर पार्टीको काम गर्न निर्देशन समेत दिए ।

अधिवेशन उद्घाटनसत्रमा पार्टीका सचिव परशुराम बस्नेत, राजनीतिक समिति सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रदेश नं १ का संसदीय दलको नेता जयराम यादव, केन्द्रीय सदस्य तथा शिल्पी महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विनोद चौधरीलगायत नेताहरु थिए ।

अधिवेशनको उद्घाटनसत्रमा विभिन्न पार्टी परित्याग गरी ५० भन्दा बढी ससफोमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here