काठमाडौं, २४ चैत । हिजोआज अनलाइन भिडियो गेम पब्जी सर्वाधिक लोकप्रिय गेम बनेको छ ।

तर यही गेमले धेरै युवाहरुको ज्यान समेत लिन थालेको छ ।

गेमको लतले गर्दा यस्तो घटना घट्न थालेको हो ।
हाल भारतमा एक युवाले आमाले पब्जी नखेल भन्दै रिसाउदा आत्महत्या नै गरेको समाचार छ ।

भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् ।

ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेकाल छन् ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनी आमाले पढ भनेर कर गरेका थिए ।

आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घर आफ्नै कोठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ ।

रिसाएर कोठामा गएका किशोरले उनका बुबा आमाले ढोका भाँचेर भित्र जाँदा सम्म ज्यान गुमाइसकेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here