ललितपुर, २४ चैत । संघीय खेलकुद महासंघ नेपालको अध्यक्षमा नेत्रबहादुर नेम्वाङ निर्वाचित भएका छन् ।

शनिबार ललितपुरको बालकुमारीस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय परिसरमा भएको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेम्वाङ सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनले विधान बमोजिम ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

तर हालका लागि अध्यक्ष बाहेक सबै सदस्य छन् ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङका अनुसार महासंघको इञ्जार्चसँग समन्वय गरी कार्यसमितिको पहिलो बैठक राखिने र सोहीबाट पदाधिकारीहरु छनोट गरिनेछ ।

विधान अनुसार महासंघको अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ सचिव २ र कोषाध्यक्ष १ जना रहनेछन् ।

नेम्वाङ निवर्तमान कार्यसमितिका महासचिव हुन् । अध्यक्ष भने पुर्ण बस्नेत थिए ।

अध्यक्ष र सदस्यहरुः

अध्यक्ष– नेत्रकुमार नेम्वाङ
सदस्य– राजकिशोर पासवान (कराते)
सदस्य– महेश मल्लिक (फुटबल)
सदस्य– बैजनाथ राय (कबड्डी)
सदस्य– रामसागर पण्डित (फुटबल)
सदस्य– बाबुराजा महर्जन (जिम्न्यास्टिक)
सदस्य– प्रेमकुमार नेम्वा–
सदस्य– सन्तोषकुमार दास
सदस्य– विमलेन्द्र कुमार यादव
सदस्य– आङकामी शेर्पा
सदस्य– दिपा लिम्बू
सदस्य– श्यामबाबु यादव
सदस्य– मनोहर दाहाल
सदस्य– उमेश थापा (टेबलटेनिस)
सदस्य– शेखर राई
सदस्य– राजेशकुमार गुप्ता
सदस्य– सुरेशकुमार यादव
सदस्य– गुणबहादुर लामा
सदस्य– विरेन्द्रप्रसाद चौधरी
सदस्य– मिलन लामा
सदस्य– टेकराज थापा
सदस्य– अभिषेक सिंह
सदस्य– सोनम पुजारा
सदस्य– सिद्धराज सोती
सदस्य– जितेन्द्र यादव
सदस्य– सञ्जयकुमार यादव

पाँच खेलाडी सम्मानितः

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा प्रचार विभागको उपप्रमुख समेत रहेका पुर्ण बस्नेतको अध्यक्षतामा भएको महासंघको उद्घाटनसत्रमा पाँचजना खेलाडीहरुलाई सम्मान समेत गरिएको छ ।

खेल क्षेत्रबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै दिनेश सुनार (खोटाङ), महेश्वर महर्जन (ललितपुर), गुणराज रुचाल (ओखलढुंगा), सोनम पुजारा (कञ्चनपुर) र अजितकुमार यादव (सप्तरी)लाई खादा लगाएर सम्मानपत्र प्रदान गरिएको छ ।

उद्घाटन–सत्रमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ, उपमहासचिव प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य तथा समाजवादी महिला फोरम इञ्जार्च सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य रेखा यादव, केन्द्रीय सदस्य लीला सिटौला, सन्तोष सिलवाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here