काठमाडौं, २४ चैत । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कागमा बर्ड फ्लु देखा परेको पशु सेवा विभागले जनाएको छ ।

विभागले मरेको कागको परीक्षण गर्दा बर्ड फ्लुको संक्रमण देखिएको हो ।

विभागले काठमाडौंको लैनचौर तथा नारायणहिटी दरबार आसपास मरेको कागको परीक्षण गरेको थियो । जसमा बर्ड फ्लु भाइरस एच वान एन वान पाइएको विभागका महानिर्देशक डा विमलकुमार निर्मलले बताए ।

मरेका कागलाई जमिन मुनि गाडिएको छ ।

बर्ड फ्लु लागेको भए पनि जिउँदो काग मार्न नपाइने भएकोले यसबारे विभागले वन्यजन्तु विभागलाई जानकारी गराएको छ ।

यसअघि काठमाडौंको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्मका कुखुरामा पनि बर्ड फ्लु देखा परेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here