काठमाडौं, १९ चैत । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक–पटक अनशन बसेर चर्चा पाएका डा गोविन्द केसी प्रदेश नं २ को बारा र पर्सामा भएको प्राकृतिक प्रकोपपछि उद्धार र राहतका लागि प्रभावित क्षेत्र पुगेका छन् ।

गत आइतबार आएको विनाशकारी हावाहुरीपछि तहस–नहस भएको मधेसी जनजिवनलाई राहत दिन उनी औषधी लिएर प्रभावित क्षेत्र पुगका हुन् ।

उनी गत सोमबार दिउँसो सार्वजनिक बस चढेर मधेस झरेका थिए ।

सोमबार राति अस्पतालमा भर्ना गरिएका घाइतेहरुको उपचारमा उनले अस्पतालका चिकित्सकहरुलाई सघाएका थिए ।

मंगलबार बिहानदेखि भने उनी प्रभावित क्षेत्रमा खटिएका हुन् ।

उनले स्थानीय स्वास्थ्य चौकी, चिकित्सकहरुसँग समन्वय गरेर प्रभावित गाउँमा शिविर चलाए ।

बुधबार उनी विरगञ्ज आसपासको क्षेत्रमा पुग्नेछन् । उनी आफ्नै खर्चमा मधेस झरेको बताइएको छ ।

देशमा बेलाबेला प्राकृतिक प्रकोप आइपर्दा आफ्नाे ज्यान समेत जोखिममा राखेर हिड्ने गरेका केसी मधेस झरेर सामाजिक काममा लागेपछि उनको प्रशंसा गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here