माेरङ, ३० फागुन । किरात राई विद्यार्थी संघ मोरङ जिल्ला समितिले आयोजना गरेको प्रथम जिल्ला क्याम्पसस्तरीय महिला बलिबल प्रतियोगिताको उपाधि उर्लाबारी बहुमुखी क्याम्पसले पाएकाे छ ।

आज (बिहिबार) उर्लाबारीले क्याम्पसले फाइनल खेलमा पथरी बहुमुखी क्याम्पसलाई २५-१४, १८(२५ र २६-१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि जितेकाे हाे ।

विजेता र उपविजेता टिमलाई नगद १५ र १० हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएकाे किरात राई खेलकुद संघको अध्यक्ष निता राईले बताइन् ।

खेल सपमान कार्यक्रम पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल र स्थानीय शिक्षा सेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो ।

पूर्वी मोरङ चारवटा टिम प्रतियोगितामा सहभागी भएका थिए । महिला खेलाडी तथा भलिबल खेलकुदको बिकासको लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राईले बताइन् ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here