काठमाडौं, ३० फागुन । गोतो सेन्टरको ब्यानरमा निर्माण हुन लागेको ‘भयो झमेला’ नामक हाँस्यप्रधान टेलिसिरियल पाक्षिक रुपमा प्रशारण हुने भएको छ ।

विजय राई ‘विरही’ को निर्देशन, गोपालचन्द्र राईको निर्माण र दिप सागरको छायाँङ्कन रहेको उक्त सिरियलमा किराती मिथक नाम तोरेम्पाले मूख्य अभिनय गरेका छन् ।

किरातीहरु प्रकृति पुजकको रुपमा चिनिन्छन् भने उनीहरुले आफ्नो चुलो माछाकुवालाई पहिले चढाएर मात्र कुनै पनि खानेकुरा खाने गर्दछन् । नत्र तोरेम्पा लाग्ने डर हुन्छ ।

त्यहि पात्र तोरेम्पाको प्रमुख भूमिका र गाउँ घरबाट विदेश पैशा कमाउन गएका गाउले ठिटाहरुले पाएको दुःख र आफ्नी श्रीमतीले गाउँघरमा अन्य केटासँग लागेर परिवार विग्रेको जस्ता दुःखद परिबेशलाई समेत समेटिएका छन् ।

राज्यले स्वदेशमै लगानी गरी युवा जनशक्तिहरुलाई काममा लगाई अधिक उपलव्धिहरु ल्याउनु पर्नेमा समेत व्याङ्ग्यात्मक रुपमा जोड दिएको आयोजकले जनाएको छ ।

युट्युब च्यानल ‘गोतो सेन्टर’बाट प्रशारण हुने भयो झमेला हरेक १५÷१५ दिनमा प्रशारण गरिने आयोजक टिमले जानकारी दिएको छ ।

उक्त टेलिसिरियलको लागि कलाकारहरु क्रमशः तोरेम्पा हाङ, प्रतिभा राई, कृष्णबहादुर विष्ट, प्रविन शाही, गणेश थापा, विक्रम राई, उत्तम राई एनजि राई लगायतले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here