काठमाडाैं, ३० फागुन । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ ।

प्रतिष्ठानका सहकुुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।

यसअघि फागुन १६ र १७ गते वालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो ।

सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।

सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here