धिरजचन्द्र विष्ट

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली (प्रधानमन्त्री)ज्यू,

तपाईहरूले मान्छे मार्दा प्रतिबन्ध नलाग्ने विप्लवले नेपाली जनताको पक्षमा बोल्दा प्रतिबन्ध लाग्ने कसरी ? नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे गलत हो ।

तपाइँहरूकाे निर्णयले देशलाई द्वन्द्वतिर धकेलेकाे छ । ‘यो सरकार कसले चलाउँदै छ ? जबरजस्ती युद्ध किन गरिदैछ ? ‘बिप्लब’माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ?

‘कि पुनः जनतालाई मार्न खोजेको हो ? के बिप्लवलाई प्रतिबन्ध लगाएर के नेपाली दिदिबहिनीलाई बलात्कार गर्न खोजेको हो ? यो सरकार ले ।

सिके रावतले बिप्लवलाई प्रतिबन्ध लगाउन कति कमिसन दिनु भयो सरकार ? विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनताको भावनालाई किन बलात्कार गरिदै छ सरकार ?

के नेपाली जनता तर्साउन खोजेको हो ? कि युद्ध खोजेको हो ? प्रतिवाद हुने निश्चित छ । किन आगोलाई चलाउँदै छाै सरकार ?

हिजोका दिनमा तपाईहरुले मान्छे मार्दाको हिसाब किताब अब नेपाली जनताले चुक्ता गर्नेछन् । के भ्रष्टाचार गर्न नमिलेको हो र सरकार के नेपाली जनताबाट लिने गाई, भैंसी, कुकुर, बाख्रामा लगाउन करमा कहिले प्रतिबन्ध लाग्छ सरकार ? बिप्लवलाई हाेइन सरकार, भ्रष्ट कर्मचारीलाई भ्रष्टाचार गर्नबाट प्रतिबन्ध लगाइयोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here