स्वतन्त्र मधेशको एजेण्डा सधैकाे लागि त्याग्नु । मधेश प्रदेशको लागि हस्ताक्षर अभियान चलाउनु ।

जय- नयाँ नेपाल (अग्रगामी पुनर्संरचित)
जय- किरात प्रदेश,
जय- मधेश प्रदेश,
जय- नेवा-ताम्सालिङ प्रदेश,
जय- तमुवान प्रदेश (गण्डकी प्रदेश परिवर्तन गर),
जय- थरु-मगरात प्रदेश,
जय- कर्णाली प्रदेश (कर्णाली शब्द खसानको पर्यायवाची जस्तै हो । अर्थात कर्णाली खसहरुको सभ्यता हो),
जय- जडान प्रदेश (सुदुरपश्चिमनिर्देशको नाम परिवर्तनयोग्य) ।

डा साहेब,
अमेरिकाको भव्य जीवन र आम्दानी छाेडेर स्वतन्त्र मधेश, छुट्टै देशको नारा लिएर जेलनेल भोग्दा पनि हिम्मतका साथ डटिरहनुले आफैमा महत्व राख्दछ ।

त्यसमाथि बर्तमान र भूपू प्रम तथा पार्टी अध्यक्षद्वयलाई राेहबरमा राखेर ११ बुँदे सम्झौता गर्नुले इतिहास बनाएकै छ । यो सम्झौताले २ कुरा अकाट्य रुपमा स्थापित गरेको छ ।

१) डा चन्द्रकान्त राउतको अभियानलाई मान्यता दिलाएको छ ।
२) स्वतन्त्र मधेश वा पृथकतावादी आन्दोलनको आवाज सुन्न नश्लबादी सरकारलाई बाध्य बनाएको छ ।

डा साहेब,
तपाईमाथि आशा र भरोसा गरी केही मधेशी युवाहरु तपाईको अभियानमा लाग्नुको कारण सही रुपले बुझ्नु भएको छ कि छैन ? छ भने ठीक छ, छैन भने सुन्नुहोस् ।

तपाईभन्दा अघिका मधेशी नेताहरु (उपेन्द्र यादव, हृदयस त्रिपाठी, राजेन्द्र महताे…..)ले मधेश प्रदेशको नारा लगाएर मधेशी जनताको सेन्टिमेन्ट क्यास गरेर नश्लबादी सरकारसँग उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री … गरी सधैं पद र अकुत सम्पतीमा लिप्त भए ।

२ नं प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो दिन “मधेश प्रदेश” नामाकरण गरेको भए आज नश्लबादी सरकारले गण्डकी प्रदेश बनाउने आट गर्दैनथ्यो । र उर्जाशिल मधेशी युवाहरू तपाईको पछाडि लाग्दैनथे ।

यसैगरी १ नं प्रदेश किरात प्रदेश नामाकरण गराउने अभियानमा नश्लबादी यथास्थितिवादीहरुले टाङ्ग अढाउने हिम्मत गर्ने थिएन ।

दुर्भाग्य नै भनौ मधेशको नारा दिएर पद र धन सम्पतिमा बिक्दै आए मधेशी नेताहरु ।

मगरात र तमुवान बिर्से । जनयुद्दको महारथि रामबहादुर थापा ‘बादल’, नन्दकिशोर पुन ‘पासाङ’, बर्षमान पुन ’अन्नत’ अनि देब गुरूङहरु ।

अनि तेजस्वी नेता हुन खोज्दा आफ्नो कन्दनी खुस्केको थाह भएन गोपाल किरातीहरु ।

खरिदबिक्री भएसम्म काम चलाउने नीति अवलम्बन गर्दै आएको छ नश्लबादी सरकार ।

डा चन्द्रकान्त राउत  
स्वतन्त्र मधेशको एजेण्डा छाडी नेपाल राष्ट्रको सार्वभाैमसत्ता, भौगाेलिक अखण्डतालाई स्वीकार गरेर आउनु भएकोमा तपाईलाई हार्दिक हार्दिक स्वागत छ । तर खबरदार उपेन्द्र यादब, राजेन्द्र महत्तो जस्तो “२ नं प्रदेशको नामाकरण नगरी सत्ताको लागि दलाली गर्नुतिर तपाईको कदम बढ्नु भएन ।

कम्तिमा तपाईले सार्वभाैम नेपाल र भौगाेलिक अखण्डतालाई शिरोपर गर्दै तपाई आम मधेशीको पहिचानको लागि २ नं प्रदेश को नाम “मधेश प्रदेश” नामाकरणको पहिलो कदम चाल्नु हुनेछ ।

आजैदेखि हस्ताक्षर अभियानमा लाग्नुहुनेछ । ११ बुँदे सम्झौताको मसी सुक्न नपाउँदै तपाईको यो आवाज/कदमले कम्तिमा तलको ३ परिणाम दिनेछ ।

१) सम्माननीय प्रधानमन्त्री तथा सत्तारुढ पार्टी अध्यक्ष+पार्टी अध्यक्ष र पूर्बप्रधानमन्त्री प्रचण्डले तपाईको कदममा सहमत हुनै पर्नेछ ।

२) सारा मधेशी जनता तपाईको पछि लाग्नेछन् । तपाईभन्दा अघिका मधेशी नेताहरु बुख्याँचामा परिणत हुनेछन् ।

३) यदि तपाईको त्यो कदम स्वीकार भएन भने तमाम विभेदमा परेको आदिबासी, जनजाति, मधेशी समुदायले फेरि एकढिक्का भई अन्तिम धक्का दिने स्थिति सिर्जना गर्नेछन् । जसले आजसम्मको विभेद र असमानतालाई हटाई समावेशी नयाँ नेपालको निर्माण गर्नेछन् ।

तपाईको यो अपेक्षित कदम धर्यताको साथ पहिचानबादी मित्रहरुले प्रतिक्षा गरिरहेका छन् ।

पहिचानमा आधारित प्रदेशहरुको नामाकरण, प्रभावकारी समावेशी नीति र संघीय शासन प्रणाली आजको अपरिहार्यता, नेपाल राष्ट्र निर्माण अभियान पूरा गरौ भन्दै यो प्रेमपत्र सम्प्रेषण गरेको छु ।

अधिवक्ता किवाङ हाङ राई
अभियन्ता
नेपाल राष्ट्र निर्माण अभियान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here