उदयपुर, २९ फागुन । संघीय समाजवादी फोरम नेपालको उदयपुरस्थित चौदण्डीगढी नगरपालिका वडा नं ४ मा संगठन विस्तार गरिएको छ ।

बुधबार आयोजित वडास्तरीय भेलाले दिलकुमार राईको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा मदन तामाङ, सहसचिवमा हेमन्त भुजेल, कोषाध्यक्षमा तारा नेपालीलाई चयन गरिएको छ ।

सदस्यहरुमा गौतम राई, कृष्ण कार्की, फुलमाया तामाङ, पार्वती विक, विमला नेपाली, सुजता तामाङ, ढकबहादुर विक, सहदेव राई, डम्बर राई लगायत छन् ।

वडा अधिवेशन पार्टीको प्रदेश नं १ का सदस्य रिता राईको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here