धरान, २९ फागुन । समाजवादी महिला फाेरम धरान नगर समितिकाे अध्यक्षमा ममता बान्तावा राई चयन भएकी छन् ।

आज (बुधबार) धरानस्थित किरात याक्थुङ चुम्लुङ भवनमा भएकाे नगर अधिवेशनले राईकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा कमला राई, सचिवमा लक्ष्मी राई, सहसचिवमा कल्पना राई र कोषाध्यक्षमा दिलकुमारी राई छानिएकी छन् ।

सदस्यहरुमा चन्द्रकला लिम्बू, प्रमिला बिक ,निस्रा राई, रुपालक्ष्मी भुजेल, ज्योति शेर्पा, सानू ल्वागुन, दिलकुमारी राई, मिना राई, कमला मोक्तान, दिलमाया तामाङ, पन्चमाया बिक, तुलसी राई, ललिता लिम्बू, प्रेमकुमारी सुनुवार, टीका शंकर, बिना तामाङ छन् ।

समाजवादी महिला फाेरम संघीय समाजवादी फाेरम नेपालकाे महिला संगठन हाे ।

नगर अधिवेशन पार्टी केन्द्रीय सदस्य तथा समाजवादी महिला फोरम १ नम्बर प्रदेश तदर्थ समितिका अध्यक्ष निर्मला तावाको प्रमुख आतिथ्यमा भएकाे हाे ।

जसमा पार्टीका केन्द्रिय सदस्य तथा संघीय समाजवादी महिला फोरम सुनसरी इन्चार्ज गायत्री आलेमगर, केन्द्रिय सदस्य भिम राई, किरात राज्य समिति सदस्य शुभचन्द्र राई, लिम्बुवान राज्य समिति सदस्य कृष्ण लिम्बू, सुनसरी १ क्षेत्रीय समिति कोषाध्यक्ष सीता राई, नगर कार्यवाहक अध्यक्ष बिना पुमा राई, समाजवादी महिला फोरम १ नम्बर प्रदेश कोषाध्यक्ष कमला राई, प्रदेश सदस्य सुमित्रा राईलगायत सहभागी थिए ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here