खोटाङ, २९ फागुन । संघीय समाजवादी फोरम नेपालअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम अधिवेशनको तयारी तीव्र गतिमा अघि बढाइएको छ ।

नगर अधिवेशन आगामी चैत २ गते हुँदैछ ।

अधिवेशन प्रचार प्रमुख रबिन खम्बूले नगरको सबै वडामा प्रचार–प्रसार तीव्र गतिमा अघि बढाइएको बताए ।

उनले हालसम्म वडा नं १, ४, ५, ७, ८, १०, ११ र १२ को वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

‘बाँकी रहेको वडाहरुको अधिवेशन भोलिसम्ममा भइसक्छ,’ बुधबार साँझ उनले भने ।

अधिवेशन उद्घाटन समारोहमा पार्टीका सचिव समेत रहेका सहरी विकासमन्त्री मो ईस्तियाक राई प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् भने प्रदेश नं १ का अध्यक्ष भुपेन्द्र नेम्वाङ, केन्द्रीय सदस्य लिला सिटौला विशेष अतिथिका रुपमा सहभागी हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here