धनकुटा, २९ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई लिम्बुवानविरोधी भन्दै कालो झण्डा देखाउने क्रममा ‘लिम्बुवान स्प्रिङ आन्दोलन’का १७ जना युवाहरुलाई प्रहरीले गिरप्तार गरेको छ ।

धनकुटाको चौबिसे गाउँपालिकामा आज आयोजित किरात याक्थुङ चुम्लुङको २२औं राष्ट्रिय परिषद बैठक उद्घाटनको क्रममा संगम सुहाङ, इक्सा चेम्जोङ लगायत युवाहरुलाई नियन्त्रणमा लिइएको हो ।

उक्त उद्घाटन कार्यक्रममा मन्त्री आङ्बो प्रमुख अतिथि थिए ।

प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने विचार आङ्बोले राख्दै आएका छन् ।

यही कारण उनलाई लिम्बुवानविरोधीको रुपमा हेरिएको छ ।

लिम्बुवान स्वायत्तता हाम्रो प्रतिवद्धता भन्ने नाराका सुरु गरिएको उक्त कार्यक्रम र चुम्लुङलाई समेत आन्दोलनकारीहरुले विरोध गरिरहेका छन् ।

गिरप्तार गरिएका आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

लिम्बुवान विरोधी गतिविधि बढेको भन्दै केही दिनदेखि केही लिम्बू युवाहरुले सामाजिक सञ्जालमार्पmत स्पिङ आन्दोलन सुरु गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here