काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई चन्दा नदिन स्थानीय तह र स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

नेपाल नगरपालिका संघको आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाइएकाले उनीहरुलाई चन्दा नदिन निर्देशन दिएका हुन् ।

‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन,’ विप्लवतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here