काठमाडौं, २९ फागुन । पूर्वमाओवादी नेता तथा राजनीति विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल’को संयोजकको हैसियतले आहुतिले आज एक प्रेस विज्ञप्ती जारी गरी सरकारको उक्त कार्यको विरोध गरेका हुन् ।

उनले तत्काल प्रतिबन्ध घोषणालाई फिर्ता लिएर राजनीतिक संवादको प्रक्रियाबाट अघि बढ्न सरकारसँग आग्रह गरेका छन् ।

उनले विप्लव नेतृत्वको नेकपा आजको समाजको क्रान्तिकारी कित्ताभित्रको शक्ति रहेको जिकिर गरेका छन् ।

‘नेकपा आजको नेपाली समाजको क्रान्तिकारी कित्ताभित्रको शक्ति हो, कुनै प्रतिगामी वा यथास्थितिवादी समूह होइन । उसका र ऊसँग भएका मतभेद वैचारिक र राजनीतिक हुन्,’ विज्ञप्तीमा भनिएको छ, ‘वैचारिक राजनीतिक मुद्दा राजनीतिक संवाद र परिवर्तनतिर अघि बढ्ने संकल्पबाट मात्रै सम्भव हुन्छ । तसर्थ, प्रतिबन्ध घोषणालाई तुरुन्त फिर्ता लिई राजनीतिक संवादको प्रक्रिया सुरुवात गर्न हामी जोडदार माग गर्दछौ ।’

आहुतिले प्रतिबन्ध घोषणा गरेर सरकार आफै युद्धउन्मूख भएको आरोप लगाएका छन् ।

सरकारले आफ्नाे अक्षम अस्तित्वलाई ढाकछोप गर्नका लागि विप्लवलाई प्रतिबन्ध लगाएको उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here