काठमाडौं, २८ फागुन । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।

सोमबार बेलुकी करिब साढे ९ बजे छन्त्याल सवार मोटरसाइकललाई पछाडिबाट भ्यानले ठक्कर दिएपछि उनी घाइते भएका हुन् ।

संघीय समाजवादी फोरम नेपालनिकट संघीय प्रेस फोरमका अध्यक्ष समेत रहेका उनको हाल ललितपुरको जाउलाखेलस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उनी हाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here