काठमाडौं, २६ फागुन । सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउतलाई सरकारी अंगरक्षकको व्यवस्था गरेको छ ।

राउतसँगको सम्झौताको विरोध सत्तारुढ दल नेकपाभित्रैबाट भइरहेको बेला राउतमाथि ‘सुरक्षा थ्रेट’ हुने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रहरी नायव निरीक्षक (सई) दर्जाका एकजना जुनियर प्रहरी अधिकृत खटाइएको हो ।

अंगरक्षक खटाउने विषयमा गृहले प्रहरी मुख्यालयलाई निर्देशन दिने र मुख्यालयको सुरक्षा सेवा निर्देशनालयले अंरक्षक खटाउने भएपनि गृहले सिधै प्रहरी महानिरीक्षकको सचिवालयमार्फत अंगरक्षक खटाएको हो ।

यसबारे सुरक्षा सेवा दिर्नेशनालय बेखबर रहेको छ ।

सरकारसँग राउतले सहमति गरेपछि उक्त सहमतिमा उनका पक्षका युवाहरु सबैको सहमति हो कि होइन भन्ने विषयले राउतलाई सुरक्षा थ्रेट हुन सक्ने बताइएको छ ।

गत बिहीबार सर्वोच्चको आदेशमा डिल्लीबजार कारागारबाट छुटेका राउत र सरकारबिच गत शुक्रबार राष्ट्रिय सभागृहमा ११ बुँदे सम्झौता भएको थियो ।

सभागृहमा उनी अंगरक्षकका साथमा नै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here