बलिउडका चर्चित नायक आमिर खानले नयाँ फिल्म बनाउने तयारी थालेका छन् ।

पछिल्लो समय रिलिज भएको ‘ठग्स अफ हिन्दुस्तान’बाट दर्शक र समिक्षकको नकरात्मक टिप्पणी आएपछि उनी केही समय अध्ययनमा लागेका थिए । नयाँ फिल्म निर्माणका लागि उनले अध्ययन गरेका हुन् ।

हाल उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ लाई रिमेक गर्ने सोच बनाएका छन् ।

एकेडेमी अवार्डसहित दर्शकको मनमा बस्न सफल फिल्मको रिमेकको प्रक्रियालाई आमिर खानले सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस फिल्मबाट उनले आपूmलाई फेरि पनि फरक अवतारमा प्रस्तुत गर्दैछन् ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here